चितवन । जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदै आएको छ ।
बर्सातको समयमा भने बाटो बिग्रने भएकाले निकुञ्जले जङ्गल सफारी बन्द गर्दैआएको छ । दसैँअघि निकुञ्जभित्रका सडक मर्मत सकेर जीप सफारी सञ्चालनमा आउने ल्याइने गरिएको छ । निकुञ्जले यस वर्ष बाटोसँगै घाँसेमैदानको व्यवस्थापनको काम पनि अघि बढाएको छ । त्यस कार्यले निकुञ्जभित्र जीपमा सफारी गर्नेले टाढा–टाढासम्मका वन्यजन्तु हेर्न सहज भएको छ ।

Comments
Post a Comment